३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनकाे कति ?

३२ असार, काठमाडाैं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार  वाणिज्य बैंकहरुको औषत ब्याजदर असारको तुलनामा घटेको छ।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशतविन्दु रहेकोमा अब साउनमा भने ५.६९७५ प्रतिशत विन्दुमा झरेको छ। असारको तुलनामा साउनमा यस्तो निक्षेपको औषत ब्याजदर ०.२०४५ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२६ प्रतिशतविन्दु घटेको छ।

२० वाणिज्य बैंकहरुमध्ये असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।

साउन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

प्रभु बैंक

प्रभु बैंकले  साउन महिनाका लागि संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ६.१०० प्रतिशत र संस्थागततर्फ ५.१०० प्रतिशत कायम थियो ।

एभरेष्ट बैंक

साउन महिनाका लागि बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.२५ र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.५५ र संस्थागततर्फ अधिकतम ५.५५ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ र संस्थागततर्फ ४ प्रतिशत कायम थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर दिने भएको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ब्याजदर ५.४५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको राखेको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.३५ प्रतिशत ब्याजदर दिएको थियो ।

सानिमा बैंक

सानिमा बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१८ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ४.३५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर

कृषि विकास बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.४ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.४५ प्रतिशत र संस्थागततर्फ ४.४५ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.५१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

एनएमबी बैंक

बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंक

बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बेंकले अधिकतम क्रमशः ५.५ र ४ प्रतिशत ब्याजदर दिएको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२६ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याज दिएको थियो ।

नबिल बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत ब्याज दिएको थियो ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १०:१४