३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025

हिम स्टार उर्जाको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यमै भर !

३१ असार, काठमाडौं । हिम स्टार उर्जा कम्पनीको आईपीओ भोलि असार ३२ गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओ भोलि दिउँसो ३ बजे बाँडफाँड हुनेछ ।

कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २ अर्ब ३३ करोड ४७ लाख ३३ हजार रुपैयाँ बराबरको १९ लाख ९७ हजार २४२ जनाले २ करोड ३३ लाख ४७ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ३०.१६ गुणा बढी आवेदन परेको थियो ।

आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ७७ हजार ३९७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । भने १९ लाख १९ हजार भन्दा बढीको हात खाली हुनेछ । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोका कारण १० कित्ता सेयर हाता पार्न भाग्यकै भर पर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १८:२२