अध्यागमन विभागको महानिर्देशकमा रामचन्द्र तिवारी
३१ असार, काठमाडाैँ । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाउनुभएकाे छ । गृहमन्त्री रमेश लेखकले मन्त्रालयकै सुरक्षा महाशाखा प्रमुख रहनुभएका तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिइएकाे हाे।
यसअघि अध्यागमनको महानिर्देशक रहेका गोविन्द प्रसाद रिजाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १७:४५









