राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त
३१ असार, काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएकाे छ । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ।
ओलीको नेतृत्वमा २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट प्रधानमन्त्रीसमक्ष राजीनामा दिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शीतलनिवासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १७:३६