मदन भण्डारीको हीरक जयन्ती मनाउन समिति गठन, संयोजकमा डोरमणि पौडेल
३१ असार, काठमाडाैं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ। उक्त समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्छ ।
मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो।समितिको सल्लाहकार समितिमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र वाचस्पति देवकोटा रहनुभएकाे छ
समितिको सहसंयोजकद्वयमा सुशील प्याकुरेल र प्रा.डा. गणेशमान गुरुङ हुनुहुन्छ भने सचिवमा डा. भेषराज अधिकारी हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा सानुकुमार श्रेष्ठ, गोपाल गुरागाईं, बिनोद ढकाल, पार्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय, मणिशंकर निधि लगायत रहेका छन् ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १७:४०