७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

‘प्रसाद २’ का निर्माता थापा बैंकिङ कसुरमा दोषी ठहर

३१ असार, काठमाडाैं । फिल्म ‘प्रसाद २’ का निर्माता शुभाष थापा बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले थापालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गर्दै मागबमोजिम बिगो ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ।

थापामाथि ‘प्रसाद २’ निर्माणको क्रममा ६२ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको थियो। केशव पाण्डेले थापाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १६:४१