८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

३४.४६ अंकले बढ्यो नेप्से, ९ अर्ब ४१ करोडको कारोबार

३१ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । यस दिन नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । आज सुपरमादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ८.०८ प्रतिशतले बढेकाे हाे । भगवती हाईड्रोपावर आज सर्वाधिक गुमाएकाे छ । यस दिन  कम्पनीको सेयरमूल्य ४.६४ प्रतिशतले घटेकाे छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:३३