आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको मूल्य कति बढ्यो ?
३१ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । यस दिन नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सुपरमादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ८.०८ प्रतिशतले बढेकाे हाे । साथै, यसदिन राप्ती हाइड्रोको सेयरमूल्य ५.८६ प्रतिशत, विन्द्यावासीनी हाइड्रोपावरको सेयरमूल्य ५.७१ प्रतिशत, ओम मेगाश्रीको सेयरमूल्य ५.४३ प्रतिशतले बढेकाे छ ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:२७