२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

बुटवल पावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३१ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । यस दिन नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, यस दिन राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३० करोड ३१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १५:१२