१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

भगवती न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने एमालेको तयारी

३१ असार, काठमाडौँ । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि एमालेले न्यौपानेलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार न्यौपानेलाई आजै नियुक्त गर्ने तयारी गरिएको छ । न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १६:५२