ट्रेड टावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
३१ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समेत गरी जम्मा ८१लाख ५६ हजार ९७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतममा ३६९ रुपैयाँ २७ पैसा ओपनिङ रेन्ज तोकेको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बुधबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीलाई नेप्सेले ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १४:३२