१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

कहिले हुन्छ हिम स्टार उर्जाको आईपीओ बाँडफाँड ?

३१ असार, काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ यसै साता बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले भोलि बिहान सेयर बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ८६ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता सेयर निष्कासन गरि बाँडफाँड भइसकेको छ।

त्यसैगरी, कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित राखिएको थियो। बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भर पर्ने देखिएको छ। कुल ७७ हजार ३९७ जनाले मात्रै कम्पनीको सेयर १० कित्ताका दरले सेयर पाउनेछन् । तीमध्ये ५ जनाले थप १–१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन्।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १२:४७