आज कति छ सुनचाँदीको मूल्य ?
३१ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सोमबारको बजारमा कायम मूल्यको आधारमा खरिद बिक्री भइरहेको छ ।
यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १०:५४