७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

पुरानो लाभांश बुझिलिन सेयरधनीलाई गुहेश्वरी मर्चेन्टको आग्रह

३१ असार, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सेयरधनीहरुलाई आव २०७४/७५ र २०७५/७६ को आफ्नो लिन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।

उक्त रकम ललितपुरको पुल्चोकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझिलिन सेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको छ ।

उक्त आवको भुक्तानी लिन बाँकी लाभांश सम्बन्धी विवरण कम्पनीको वेवसाइटमा प्रकाशन गरिएको कम्पनीले जनाएको छ । साथै सम्बन्धित सेयरधनी वा हकवालाहरुले लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १०:४१