अमेरिकामा कार दुर्घटना, २ नेपाली विद्यार्थीको मृत्यु
३१ असार, काठमाडाैँ । अमेरिकामा कार दुर्घटनामा परेर २ नेपाली विद्यार्थीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाकाबीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको थियाे। असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।
कारमा सवार अन्य २ जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १०:२७









