हाइड्रोपावरका लगानीर्ताले कमाए सर्वाधिक, कुनको मूल्य कति बढ्यो ?
३० असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ को बिन्दुमा बन्द भएको छ ।
यस दिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ५.९० प्रतिशतले बढेकाे हाे । त्यस्तै, यस दिन हिमालयन हाइड्रोपावरको सेयरमूल्य ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको सेयरमूल्य ४.४३ प्रतिशत, सिनर्जी पावरको सेयरमूल्य ४.१२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य४.०४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १५:२३













