एन्काद्वारा खेलाडी सम्मान, प्रेसिडेन्ट अवार्ड श्रीधर वाग्लेलाई
एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले आफ्ना गत वर्षका उत्कृष्ट खेलाडीहरुको सम्मान गरेको छ ।
कार्यक्रममा एन्काले २०२४/२५ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । जसमा प्रेसिडेन्ट अवार्डबाट श्रीधर वाग्लेलाई सम्मानित भए ।
यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर सम्मानबाट अनिल खरेल (पुरुष), रक्षा शुक्ला (महिला), प्रेरित जोशी (जुनियर) सम्मानित भएका थिए । भने वेस्ट प्लेयर अफ द सिजन सम्मानबाट प्रमेश गिरी (पुरुष), ग्रिसमा थापा (महिला), आर्य श्रेष्ठ (जुनियर) सम्मानित भएका थिए ।
बेस्ट प्रफरमेन्ट अन फिल्डबाट पुजन न्यौपाने (पुरुष), बिनिता गौतम (महिला) र प्रेरित जोशी (जुनियर) सम्मानित भए । यसै गरि दिपक क्षेत्री (पुरुष), डोल्कर गुरुङ (महिला) र इशान पौडेल (जुनियर) बेस्ट बलको उपाधीबाट सम्मानित भए ।
वेस्ट व्याट्स म्यानका रुपमा प्रमेश गिरी (पुरुष), बिनिता सिह र प्रेरित जोशी (जुनियर) सम्मानित भए । त्यसैगरी इमर्जिङ प्लेयरको उपाधी सौरभ बराल (पुरुष) र ड्रिजल बिष्ट (महिला) लाई प्रदान गरिएको थियो ।
कार्यक्रम समुदायमा विशेष सेवा गरे वापत साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्कालाई सम्मान गरिएको थियो । भने पुर्व खेलाडी समेत रहेकी प्याट्रिसिया मिकन ओएलवाईलाई समेत सम्मान गरिएको थियो ।
यसै गरि एन्काका विभिन्न कार्यक्रमहरुमा सहयोगीको भुमिका निभाय वापत अभिषेक प्रसाद जोशीलाई भोलियन्टियर अफ द सिजनको सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री तथा विपक्षी दल की नेतृ जिङ लीले यस कार्यक्रमले खेल र समुदायको शक्तिको रुपमा लिएको बताउदै क्रिकेट मार्फत एन्काले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाई जोडेको बताउदै प्रशंसा गरेकी थिईन ।
एन्काको सल्लाहकार पारा ओलम्पियन क्ट्रीना ओएभले आफ्नो नेपाल भ्रमणको प्रशंग समेत जोड्दै एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले एन्काले समुदायमा पुर्याएको योगदानको प्रशंशा गरेका थिईन् ।
कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाइ समेत सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजका एडिलेड निर्देशक रुपक वर्तौलाले आगामी दिनमा समेत समुदायमा सहयोगलाई निरन्तरता दिने बताए । यसैगरी एनपिएलमा विराटनगरका खेलाडी समेत रहेका अनिल खरेलले प्रवासमा समेत क्रिकेट खेलको बिकासमा भुमिका खेलेकोमा एन्कालाई धन्यवाद दिएका थिए ।
सम्मानित व्यक्तित्व श्रीधर वाग्ले आफुले बालबालिकाहरु खेल प्रशिक्षण गर्दाको अनुभुती सुनाएका थिए ।
एन्का अध्यक्ष विजय जोशीले स्थापनाको १० बर्षमा गरेको प्रगतिका लागि क्लवहरु , खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामी बर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए ।
एन्का सचिव सन्तोष जंग पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पव्लिक रिलेसन अफिसर दिपक क्षेत्रीले गरेका थिए |
प्रकाशित मिति : ३० असार २०८२, सोमबार १४:३२