छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
३० असार, काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । सो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको मध्यबोनश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ३० असार २०८२, सोमबार १०:०५