३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

१२ वर्षीया बालिका करणी गर्ने एक पक्राउ

९ चैत, ताप्लेजुङ । ताप्लेजुङको स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएको एक व्याक्तिले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०८:३८