नेप्सेमा थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर सूचीकृत
२९ असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर बापतकाे कुल २४ लाख ६६ हजार ३६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
प्रकाशित मिति : २९ असार २०८२, आईतवार १६:३७