१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

२९ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से २९.०० अंकले बढेर २७६०.८० को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

हिमालयन हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९.९३ प्रतिशत घटेको छ। एनआईसी एशिया बैंककाे सेयर यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १५:२५