१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२९ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से २९.०० अंकले बढेर २७६०.८० को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

 एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यी कम्पनीकाे सेयरमूल्य यस दिन ९.९९ प्रतिशतले बढेकाे छ । त्यस्तै, जीवन विकास लघुवित्तको ९.६१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.३० प्रतिशत, समाज लघुवित्तको ६.५० प्रतिशत लगायतले सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १५:१९