मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न माग गरेको छ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो,’ उहाँले भन्नुभयाे, ‘अहिले त बुझियो होला नि भूमि विधेयक पास गर्नुको कारण। एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको छानबिनको हामी माग गर्छौं।’
प्रकाशित मिति : २९ असार २०८२, आईतवार १४:१८










