१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री

२९ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भन्नुभयो, “आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।”

आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार ११:३६