बढ्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?
२९ असार, काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय कायम भएको थियो ।
आज चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २९ असार २०८२, आईतवार ११:१३












