प्रि ओपन सेसनमा ३५.७२ अंकले बढ्यो नेप्से
२९ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३५.७२ अंक बढेर २७६७.५३ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा १६२ स्टकको ८१० पटकको कारोबारमा ६ करोड ४ लाख ७४ हजार ७९३ रुपैयाँबराबरको १ लाख ३६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २९ असार २०८२, आईतवार ११:०४