३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओली तीन दिनका लागि चैत २३ मा भारत जाने, मोदीसँग २४ गते भेटवार्ता

९ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले यही चैत २३ मा भारत जाने निश्चित भएको छ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको पराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । ओलीको तीन दिने भ्रमण चैत २५ मा सकिने छ ।

चैत २४ मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुबै देशका सरकारले भ्रमणको तयारी भएको जनाए पनि औपचारिक रुपमा मिति घोषणा गरेका छैनन ।

ओली निकट एमालेका एक नेताका अनुसार केही दिनभित्रै ओलीको भ्रमणको औपचारिक मिति घोषणा हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ०८:०६