२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

वैदेशिक रोजगारीमा जाने महिलालाई ५ लाखसम्म सहुलियत कर्जा दिइने

२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि ३ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्ने व्यवस्था गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो । यस्तो कर्जा सीमा महिलाको हकमा भने ५ लाख रुपैयाँ सम्म तोकिएको छ ।

साथै, लघुवित्त कर्जा सही लक्षित वर्गसम्म पुग्ने सुनिश्चितता गर्न, ऋणीको योग्यता, मापदण्ड तथा लक्षित वर्गको परिभाषा पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

निर्देशित कर्जा सीमा पनि अध्ययन गरी आवश्यकतानुसार समायोजन गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १४:०१