७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर बिक्रीमा

२७ असार, काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिलटेडले ११ लाख ९ हजार ७६९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले काठमाडौँको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको अवस्थामा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने भएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार ११:२२