सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो
२६ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से २५.८९ अंकले बढेर २७३१.८० को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ। यस दिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन ८.१५ प्रतिशतले बढेको हो ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १५:३१