आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२६ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से २५.८९ अंकले बढेर २७३१.८० को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको यस दिन ५७ करोड ५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख ४५ हजार रुपैयाँ, सानिमा बैंकको २६ करोड ३४ लाख ९८ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड ८५ लाख ४९ हजार रुपैयाँ र सिइडिबी होल्डिङको १९ करोड ८३ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १५:२१