२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

अन्तिम कारोबारको दिन यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक

२६ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से २७.१५ अंकले बढेर २७३३.०६ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन ८.१५ प्रतिशतले बढेको हो । त्यसैगरी यस दिन माण्डु हाइड्रोपावरको सेयरमूल्य ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको सेयरमूल्य ६.६७ प्रतिशत र भगवती हाइड्रोपावरको सेयरमूल्य ६.५२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १५:१३