एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
२६ असार, काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ। सभा दिउँसो २ बजे बस्नेछ ।
सभामा जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको खर्च प्रयोजनको सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी सभाले प्रबन्धपत्रको केही उपदफा संशोधन गर्ने र नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक परेमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १२:३९