विकास हाइड्रोपावरको आइपीओ कहिले हुन्छ बाँडफाँड ?
२६ असार, काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको आइपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ अर्को साता मात्रै बाँडफाँड गर्ने तयारी गरिएको जनाएको छ ।
असार १८ गतेदेखि २२ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । अन्तिम दिनसम्ममा कम्पनीको आइपीओमा २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९४ हजार २७६ ले १० कित्ताका दरले सेयर हात पार्ने छन् । बाँकी १८ लाख २६ हजार आवेदनको हात रित्तो हुने छ ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १२:१७