आईपीओ निष्कासन गर्दै पुवा खोला–वान हाईड्रोपावर
२६ असार, काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले असार २७ गते अनामनगरमा रहेको कम्पनीको कार्यालयमा साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासनको रकम वृद्धि गरी आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त पूँजीको उपयोगबारे निर्णय गर्ने र चुक्तापूँजी वृद्धिको उपयोगिता लगायतका प्रस्तावहरु पारित हुनेछ ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार ०९:२३