काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई उच्च अदालतको आदेश
२५ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं टावरको निर्माणको कामलाई निरन्तरता दिन आदेश दिएको छ। पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न उच्च अदालतले आदेश दिएको हो । गत सोमबार (असार २३ गते) बसेको न्यायाधीश प्रकाश खरेलको इजलासले कामलाई निरन्तरता दिन आदेश दिएको हो।
‘नक्सा पासको २०७२ भदौ ६ गते र २०८१ असोज २८ गते को अनुमति र निर्णय यथावत कायम नै रहेको हुँदा सम्झौता बमोजिम भवन कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको,’ आदेशमा भनिएको छ।
महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण काम नगर्न भनेर २०८१ माघ ९ गते पत्र लेखेको थियो। त्यसलाई कार्यान्वयन नगर्न पनि आदेश जारी गरेको हो।
प्रकाशित मिति : २५ असार २०८२, बुधबार १८:२१