७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

हिम स्टार उर्जाको आइपीओमा आवेदनको ओईरो, हालसम्म कति पर्यो ?

२५ असार, काठमाडौं। हिम स्टार उर्जा कम्पनीको आइपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले असार २४ गतेदेखि आम सर्वसाधारणका लागि आइपीओमा निष्काशन गरेको छ । कम्पनीले आइपीओमा निष्काशन गरेको दुइ दिनमै ११ लाख भन्दा बढीले आवेदन दिएका छन्

सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अनुसार दोस्रो दिनसम्म कम्पनीको आइपीओमा ११ लाख २९ हजार ७५६ जना आवेदकले १ अर्ब ३४ करोड ३९ हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ३९० कित्ताका लागि आवेदन दिएका छन् ।यो माग गरिएको भन्दा १७.३१ गुणा बढी आवेदन हो ।

कम्पनीले जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १८:०८