सेयर बजारमा हरियाली, ७ अर्ब ४५ करोडको कारोबार ?
२५ असार, काठमाडौं । साताको चौंथो कारोबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ। यस दिन बजार २२.०४ अंकले बढेर २७०५.९०को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधि बढेको छ । यस दिन कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले बढेको हो ।
यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।
प्रकाशित मिति : २५ असार २०८२, बुधबार १५:३५