७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२५ असार, काठमाडौं । साताको चौंथो कारोबारकाे दिन बसधबार सेयर बजारमा उच्च अंकले सुधार भएकाे छ । यस दिन बजार २२.०४ अंकले बढेर २७०५.९०को विन्दुमा कायम भएको हो ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३६ करोड ६७ लाख ४९ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड १८ लाख २२ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३१ करोड ८५ लाख १९ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्स कम्पनीको २८ करोड ४१ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १५:१८