२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बारामा यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

२५ असार, बारा । बाराका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिनुभएको हो ।

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा बिक्री गरिरहेका छन् । गत वर्ष प्रतिक्विन्टल रु तीन हजारको दरले बिक्री वितरण भएको थियो । उहाँका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताउनुभयो ।

गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताउनुभयो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १३:३८