२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

एक कम्पनीको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईंकोमा आयो त ?

२५ असार, काठमाडौं । प्रभु महालक्ष्मी लाइफले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत जेठ २६ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीकाे साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।  साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेकाले थियाे । यसकाे अर्थ जेठ १४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

कम्पनीको उक्त बोसन शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचीकृत भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै जेठ १५ गतेसम्म कम्पनीको सेयर धितो राखेर ऋण लिएका सेयरधनीको हकमा भने ऋण दिने बैंक तथा वित्तीय संस्थाको नाममा बोनस सेयर रोक्का राखिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १०:४०