२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

साढे १ अर्ब क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिक सानेपाबाट पक्राउ

२४ असार, काठमाडाैं । साढे १ अर्ब क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार मोतिहारीका रूपेशकुमार गुप्ता र विपिन कुमार छन्। ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

रूपेशले संचालन गरेको राजतीर्थ ट्रेडर्स नामको किराना पसलको नाममा क्रिप्टोको कारोबार गरेको पाइएको हो। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पाँच वटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, भारु १० हजार, सिसिटिभी डिभिआर, एउटा कस्तुरीको वीणा पनि बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १७:२४