यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२४ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनाे अंकले घटेकाे छ । यस दिन नेप्से ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको हो ।
नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५१ करोड ६७ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ४१ करोड ६९ लाख ९४ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ३९ लाख ९८ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंक संस्थापक सेयरको २४ करोड ३२ लाख ८ हजार रुपैयाँ र राधी विद्युत कम्पनीको २३ करोड ६ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:१८










