२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

स्रोत नखुलेको १ करोड ४४ लाखसहित एक चिनियाँ नागरिक पक्राउ

२४ असार, काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको काठमाडाैं जिल्ला परिसरका प्रहरी उपरिक्षक तथा सुचना अधिकारी अपिल राज बाेहराले जानकारी दिनुभयाे । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:०६