३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

२ अर्ब ७५ करोडको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

२४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३९ अर्ब बढीको सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार धितोपत्र बोर्डले कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हाे ।

समीक्षा अवधिमा धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएकाे छ । त्यस्तै, बोर्डले रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर (आइपीओ) निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १४:०५