१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २७२ पुग्यो, कुनको हिस्सा कति ?

२४ असार, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार २०८२ जेठ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको हाे ।

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन्। २०८१ जेठमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १३:४५