रसुवाको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो, को-को छन् ?
२४ असार, काठमाडाैं । रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हाे ।
सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा हुनुहुन्छ । त्यस्तै, चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।
बेपत्ता हुने नागरिकहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ छन्।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ११:३८