१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

रसुवा बाढी अपडेटः उद्धारमा खटिएका तीन प्रहरी बेपत्ता

२४ असार, काठमाडौं । मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीमा फसेकाहरूको उद्धार गर्न गएका तीन प्रहरी पनि बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका असई लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन हुनुभएकाे रसुवा प्रहरीले जनाएकाे छ ।

प्रहरीले जारी गरेको सूचनाअनुसार अहिलेसम्म बाढीमा ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक गरी १८ जना हराइरहेका छन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १०:१९