२ आश्विन २०८२, बिहीबार | Thu Sep 18 2025

सर्वसाधारणका लागि स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२४ असार, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि बोलकबोल प्रक्रियामार्फत ५३ हजार कित्तासंस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ ।

सो सेयरमा आम सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन् । इन्चुक लगानीकर्ताहरूले असार ३० गतेसम्ममा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ०९:३६