३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

२४ असार, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १४ गते हुनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

 लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ०९:१३